पश्चिम एसियाको तनावबारे इरान, रूस र टर्कीएबीच उच्चस्तरीय वार्ता
तेहरान- इरानका परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले ब्राजिलको रियो दि जानेरियोमा भएको १७औँ बहुपक्षीय सम्मेलनको अवसरमा रूस र टर्कीएका परराष्ट्र मन्त्रीहरूसँग भेटवार्ता गरेका छनु् ।
उनले रुसी मन्त्री सर्गेइ लाभरोभसँगको भेटमा, इजरायल र अमेरिकाबाट इरानमाथि भएका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । उनले इरानको स्वतन्त्रता र सुरक्षाको रक्षा गर्ने दृढता व्यक्त गरे ।
रूसी मन्त्री लाभरोभले पनि ती आक्रमणहरू गलत भएको बताउँदै, इरानको शान्तिपूर्ण आणविक कार्यक्रममाथि भएको आक्रमणको विरोध गरे । उनले क्षेत्रीय शान्ति कायम राख्न सबैले संयमता अपनाउनुपर्नेमा जोड दिए ।
टर्कीएका परराष्ट्र मन्त्री हाकान फिदानसँग भएको छुट्टै भेटमा, दुबै नेताले गाजामा भइरहेको मानवीय संकटबारे गम्भीर चिन्ता व्यक्त गरे । इजरायलले गरिरहेको कारबाही तत्काल रोक्नुपर्नेमा उनीहरूले जोड दिए ।
हालै इजरायलले इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो, जसमा कैयौँ मानिसको ज्यान गएको थियो। जवाफमा, इरानले पनि इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गर्यो र इरानले अमेरिकी हवाई बेसमा जवाफ दिएको थियो।
बाह्र दिनसम्म चलेको यो तनावपछि, अन्ततः दुवै पक्षबीच युद्धविरामको सहमति भएको छ । (सिन्ह्वा)

पाकिस्तान सरकारले बन्द गरिदियो इमरान खान निकट २७ युटयुब च्यानल

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

अमेरिकाद्वारा नाइजेरियाली नागरिकको अस्थायी भिसामा कडाइ
चीनको पाँच वर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत ग…

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

प्रतिक्रिया