लाओसमा डेङ्गु सङ्क्रमण घट्दै

वियनतियान- लाओसले सन् २०२५ को पहिलो छ महिनामा डेंगु ज्वरोका दुई हजार ६१४ वटा घटना दर्ता गरेको छ, जुन सन् २०२४ को सोही अवधिमा दर्ता भएका पाँच हजार १९२ घटनाको तुलनामा उल्लेखनीय रूपमा कम हो ।
त्यसैगरी, सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म डेंगुज्वरोसँग सम्बन्धित कुनै मृत्यु नभएको जनाएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा तीनजनाको मृत्यु भएको थियो ।
लाओसको स्वास्थ्य मन्त्रालयअन्तर्गतको सूचना तथा स्वास्थ्य शिक्षा केन्द्रद्वारा सोमबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार सबैभन्दा धेरै डेंगुका घटना राजधानी वियनतियानमा दर्ता भएका छन्, जहाँ एक हजार ४९५ वटा घटना रिपोर्ट गरिएको थियो । त्यसपछि ओउडोम्साईमा ३३८ र लुआंग नामथा प्रान्तमा २३६ घटना रिपोर्ट भएका छन् ।
लाओसका स्वास्थ्य अधिकारीहरूले वर्षायामको समयमा डेंगुको जोखिम बढ्ने भएकाले सबै क्षेत्र र नागरिकलाई सावधानी अपनाउन आह्वान गरेका छन्। भारी वर्षा र बाढीका कारण लामखुट्टे उत्पन्न हुने र अनुकूल वातावरण बन्ने भएकाले सतर्कता अपनाउन विशेष आग्रह गरिएको छ । (सिन्ह्वा)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया