गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

अदानचुली (हुम्ला)- कर्णाली करिडोरको भिडगौडमा सोमबार एम्बुलेन्स दुर्घटना भएको छ ।
एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक भने दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ । चालकले उकालो कटाउन नसक्दा एम्बुलेन्स अनियन्त्रित भई करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब निरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।
हुम्लाको खार्पुनाथ गाउँपालिकाको बा२झ ४५८० नं को एम्बुलेन्स गाउँपालिका आउँदै गर्दा दुर्घटनामा परेको हो । एम्बुलेन्स चालक अन्दाजी ३६ वर्षीय जङ्ग शाही घाइते हुनुभएको र हाल जिल्ला अस्पतालको सघन कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया