मृत रेडपान्डासहित दुई जना पक्राउ

काठमाडौँ : काठमाडौँ महानगरपालिका–१५ स्थित विष्णुमती कोरिडोरबाट मृत रेडपान्डासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई काठमाडौँ बस्ने उमेश विसुन्के र दोलखा तामाकोसी घर भई काठमाडौँको गौशाला बस्ने अर्जुन मगराति रहेका छन् । उनीहरूका साथबाट मृतावस्थामा रहेको दुई रेडपान्डा बरामद गरिएको प्रहरीले जनाएको छ ।
रेडपान्डाको छाला बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा झोलाभित्र लुकाईछिपाईकन राखेको अवस्थामा मृत रेडपान्डा फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । पान्डाको पेटको अङ्ग झिकिएको र बाहिरी छालाको भाग सुकाइएको अवस्थामा फेला पारिएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।
यसैबीच गएराति महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–४ बाट चोरिएका पाँचवटा मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुमाथि जाँच गर्दा उक्त मोबाइल फेला परेको हो ।
उनीहरू यसअघि पनि मोबाइल चोरीमा संलग्न भएको खुल्न आएको छ । पक्राउ पर्नेमा मकवानपुरका राजेश गोपाली र कैलालीको दीपक नेगी रहेका छन् । दुवै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ । रासस

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया