वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

काठमाडौँ- वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरूलाई बिना धितो ऋण उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ अन्तिम चरणमा पुगेको छ ।
आइतवार पनि मन्त्रालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा सरोकारवालाहरुसँग टुंगो लगाउने गरी मस्यौदा माथि छलफल भएको छ ।
उक्त छलफलमा मन्त्री भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरु मिटर ब्याजीको चर्को ब्याजको पासोमा फसेको प्रति चिन्ता व्यक्त गर्दै यो कार्यविधि लागु भए श्रमिकहरुले सहज र सरल तरिकाबाट बिना धितो ऋण उपलब्ध हुने विश्वास व्यक्त गरे ।
उनले भने, मैले भन्दै आएको ३ डी, डेब्ट, डेथ र डिजिटल ट्रराप मध्ये यसले डेब्ट ट्ररापलाई सम्बोधन गर्छ । यसबाट श्रमिकहरु विदेश गएर कमाएपछि फर्किदासम्म ऋण पनि मुक्त हुने र राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा, बीमा जस्ता अन्य सुविधाहरु पनि पाउने छन् ।
मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारमा जानेलाई बिना धितो ऋण उपलब्ध गराउने नीति लिए अनुसार यो कार्यविधि लागु भए सहजै ऋण उपलब्ध हुने बताए ।
उनले सामाजिक सुरक्षा कोषमा आबद्ध भएका बैंकहरुलाई प्राथमिकतामा राखेर गर्नुपर्ने सुझाव दिए । उनले भने, बैंकहरुको पैसा नडुबोस, विदेश जानेले सहज ऋण पाओस र गाँउघरमा मिटर ब्याजीहरुबाट जोगियोस यसको मुख्य उदेश्य हो ।
उक्त कार्यविधि अन्तर्गत खाँडी मुलुक जानेहरुलाई कम्तीमा २ लाख, यूरोप जानेहरुलाई रु ५ लाख उपलब्ध गराउन सकिने प्रावधान समेटिन खोजिएको छ ।
कार्यविधिका सदस्य नेपाल राष्ट्र बैंकमा शौरभ पोखरेलले आफनो तर्फबाट सहजीकरणका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ऋण असुलीको बिषयमा थप प्रष्ट हुन कार्यविधिमा सुधारको आवश्यकता रहेको सुझाए ।
त्यस्तै, नेपाल बैंकर्स संघका अनिल शर्माले मन्त्री भण्डारीको नेतृत्वमा श्रम मन्त्रालयले राम्रो कन्सेप्ट ल्याएको भन्दै यसलाई लागु गर्न बैंकहरुले पुर्ण सहयोग गर्ने बताए ।
त्यस्तै, श्रम सचिव डा. कृष्णहरि पुष्करले विगत लामो समय देखि यो कार्यविधि अड्किएर बसेको भन्दै यसलाई गति दिएर लागु गर्नुपर्ने बताए । उनले विगतको अनुभवबाट पनि पाठ सिक्दै सहज र सरल तरिकाबाट ऋण उपलब्ध गराए वैदेशिक रोजगारमा गएकाहरुले सहजै कसरी ऋण चुक्ता गर्ने बाटो अबलम्बन गर्नुपर्ने सुझाए ।

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

प्रतिक्रिया