सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, सात घाइते

काबुल- पूर्वी अफगानिस्तानको पंजशीर प्रान्तमा भएको एक सवारी दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

बख्तरले प्रान्तीय सरकारका प्रवक्ता सैफुद्दीन लतूनले भने,“पंजशीर प्रान्तको परियान जिल्लास्थित बामवारदर क्षेत्रमा मिनीबस अनियन्त्रित भई सडकबाट बाहिर निस्किएर पल्टिँदा उक्त दुर्घटना भएको हो ।”

प्रवक्ता लतूनले दुर्घटनामा मृत्यु र घाइतेको पुष्टि गर्दै सबै घाइतेहरूलाई नजिकको स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको जानकारी दिएका छन् ।

अफगानिस्तानमा सडक दुर्घटना बारम्बार हुने घटना हो, जसको कारणहरूमा खराब सडक अवस्था, तीव्र गति, लापरवाहीपूर्ण ड्राइभिङ, जोखिमपूर्ण भूगोल, सवारी साधनको अधिक भार र असुरक्षित ओभरटेकिङ प्रमुख रूपमा रहेका छन् । (सिन्ह्वा)