फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

पेरिस- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आगामी साता हुने बेलायतको राजकीय भ्रमणका क्रममा त्यहाँको संसद्लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
दुई देशबीचको सम्बन्ध लाई प्रगाढ बनाउने विषयमा हुने शिखर सम्मेलनमा सहभागी हुन उहाँ मङ्गलबार लण्डन जानेछन् ।
राजा चाल्र्स तृतीयको कार्यालय बकिङघम प्यालेसले शुक्रबार भनेको छ, “राष्ट्रपति र श्रीमती म्याक्रोँले वेस्टमिन्स्टर प्यालेसको भ्रमण गर्नुहुनेछ र भ्रमणका क्रममा बेलायती संसद्लाई सम्बोधन गर्नेछन् ।
सन् २००८ मा निकोलस सार्कोजीपछि बेलायतको राजकीय भ्रमण गर्ने म्याक्रोँ पहिलो फ्रान्सेली राष्ट्रपति हुन् ।
राजा चाल्स द्वितीयको निमन्त्रणामा फ्रान्सेली नेताले उनकी पत्नी ब्रिगिटसहित बेलायतको राजकीय भ्रमण गर्न लागेकी हुन् ।
उनीहरू लण्डनको पश्चिममा रहेको विन्डसर क्यासलस्थित राजा चाल्र्स द्वित्तीयको निवासमा हुने राजकीय भोजमा सहभागी हुनेछन् ।
विन्डसरमा रहँदा म्याक्रोँले सेन्ट जर्ज च्यापलमा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको समाधिस्थलमा फूल चढाउने कार्यक्रम छ ।
सन् २०२३ को सेप्टेम्बरमा चाल्र्सले फ्रान्सको राजकीय भ्रमण गरेका थिए ।
भ्रमणका क्रममा म्याक्रोँले बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग पनि भेटवार्ता गर्नेछन् ।
बेलायतको कन्जरभेटिभ पार्टीको अघिल्लो सरकारको पालामा अर्थात् ब्रेक्जिटपछि पेरिस र लण्डनबीच राजनीतिक तनाव बढेको थियो तर स्टार्मरको नेतृत्वमा रहेको मध्य–वामपन्थी लेबर सरकारको नेतृत्वमा सम्बन्धमा नयाँ न्यानोपन आएको छ र दुई देशले युक्रेनका लागि शान्ति खोज्ने युरोपेली प्रयासको नेतृत्व गरिरहेका छन् ।
बेलायतको प्रमुख राजनीतिक मुद्दाका रुपमा रहेको च्यानलको जोखिमपूर्ण स–साना डुङ्गा पार गर्ने आप्रवासीलाई रोक्ने रणनीतिमा दुई देशबीच सहमति हुन सकेको छैन ।
बिहीबार लण्डनमा हुने ३७ औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनको एजेन्डामा यो विषय उच्च हुनेछ । (एएफपी)

टेक्सासमा बाढी : मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, उद्धार कार्य जारी

पाकिस्तानमा भवन भत्किँदा ६ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशंका

ईरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

अफगान नागरिकहरूलाई फिर्ता पठाउने जर्मन योजनाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

प्रतिक्रिया