शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

वीरगञ्ज (पर्सा)- चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । 

गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३ दशमलव ४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१ करोड बढीले आयात भएको छ । जबकी गत आवको ११ महिनामा भने रु सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा यो नाका हुँदै भटमासको प्रशोधित तेल धेरै निर्यात भएको जानकारी दिए । “व्यवसायीले भटमासको कच्चा तेल ल्याएर प्रशोधित गरेर फेरि विदेशी मुलुकमा निर्यात गरेको देखिन्छ ।”

वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा भटमास तेल प्रशोधित निर्यात भने रु ५५ अर्ब तीन करोड मूल्य पर्ने २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । 

जबकी गत आवको सोही अवधिमा भने रु आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात भएको थियो । चालु आवको ११ महिनामा यो नाका हुँदै रु नौ अर्ब ७५ करोड मूल्य पर्ने सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । जबकी गत आवको सोही समयमा भने रु आठ अर्ब चार करोड मूल्यको भएको थियो ।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको ११ महिनामा रु आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको ११ महिनाको अवधिमा रु नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

युरो एकको बिक्रीदर १६१ रूपैयाँ नाघ्दा अरू देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

युरो एकको बिक्रीदर १६१ रूपैयाँ नाघ्दा अरू देशको मुद्रा कतिमा हुँदैछ कारोबार…

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक : पूर्वअर्थमन्त्री खतिवडा

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक : पूर्वअर्थम…

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामान फिर्ता

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामा…

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

माइडियाले ल्यायो १० वर्षे म्याग्नेट्रोन वारेन्टी र इन्भर्टर क्वाट्रो टेक्नोलोजीसहित ब्लु स्माइल सिरिज माइक्रोवेभ ओभेन

माइडियाले ल्यायो १० वर्षे म्याग्नेट्रोन वारेन्टी र इन्भर्टर क्वाट्रो टेक्नोलोजीसहित…

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…