स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलद्वारा आयोजित संयुक्त राष्ट्रसंघ ४.० को भव्य समारोहका साथ उद्घाटन सम्पन्न

स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलले बहुप्रतीक्षित नमुना संयुक्त राष्ट्रसंघ (SG MUN ) ४.० को भव्य समारोहका साथ शुक्रबार उद्घाटन गरेको छ । “आजको सिकाइ, भोलिको नेतृत्व” भन्ने उद्देश्यअनुसार विद्यार्थीलाई केवल कक्षाकोठा र पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक सिकाइतर्फ उन्मुख गराउने प्रयासस्वरूप (SG MUN ) ४.० आयोजना गरिएको हो ।
" SGMUN ४.० का निर्देशक महासचिव तथा कक्षा १२ का विद्यार्थी अधिश बिनोद पोखरेलले उद्घाटन मन्तव्यमा पाहुनाहरू र पहिलोपटक सहभागी हुने प्रतिनिधिहरूलाई हार्दिक स्वागत गरे । उनी पहिलो संस्करणदेखि नै SG MUN सँग आबद्ध छन् । उनलाई कक्षा १० का विद्यार्थी तथा उपमहासचिव जे़निथ कार्कीले साथ दिएका थिए । स्वस्तिश्री गुरुकुलका प्रतिनिधिहरूले विगतमा न्यूयोर्कमा आयोजित WIMUN लगायत संयुक्त राष्ट्रसंघको मुख्यालयमा समेत सहभागिता जनाएर उच्च स्तरमा पहुँच बनाउँदै आएका छन् । तीन सफल संस्करणहरू पछि, विद्यार्थीहरूको नेतृत्वमा सञ्चालित SGMUN ४.० ले प्रेरित युवाहरूलाई संयुक्त राष्ट्रसंघको सत्रको अनुकरण गर्दै बौद्धिक, सामाजिक, र नैतिक विकासका लागि महत्वपूर्ण मञ्च उपलब्ध गराउने आफ्नो उद्देश्यलाई निरन्तरता दिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा युवासशक्तिकरण र विश्वव्यापी प्रगतिमा समर्पित व्यक्तित्वहरू उपस्थित थिए ।
Che&Co का प्रबन्ध निर्देशक श्री चेवन राई र UNFPA नेपालका "डाइभर्सिटी एन्ड इन्क्लुजन" कार्यक्रमकी एसोसिएट रेश्मी सुनारले विशेष अतिथिका रूपमा मन्तव्य दिर्दै आफ्नै MUN अनुभवको सम्झना गर्दै भावनात्मक र प्रेरणादायक सन्देश दिनुभयो। वहाले भन्नुभयो, "MUN ले मलाई आत्मविश्वास बढायो । मैले आफूभित्रको नयाँ पक्ष पत्ता लगाएँ ।" "जब युवाहरूले फस्टाउन पाउँछन्, तब सम्पूर्ण समुदाय फस्टाउँछ । तपाईंहरू जस्ता युवाहरूले नै यस्तो विश्वस्तरीय कार्यक्रम आयोजना गर्दै, ४० वटा प्रायोजकहरू ल्याउनु प्रेरणादायक कुरा हो भन्दै जब युवा अघि बढ्छ, समुदाय अघि बढ्छ, म आशा गर्छु तपाईंहरूले देखिरहनुभएको सबै कुरामा प्रश्न उठाउनु हुनेछ ।”
कार्यक्रमकी प्रमुख अतिथि संयुक्त राष्ट्रसंघ सूचना केन्द्र (UNIC) काठमाडौंकी प्रमुख सिम्रिका शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो "कूटनीति भनेको केवल सुट र मिटिङ मात्रै होइन, फरक मत राख्नेहरूसँग संवाद गर्ने प्रक्रिया पनि हो ।" यस वर्ष संयुक्त राष्ट्रसंघको ८०औं वार्षिकोत्सव र नेपालमा यसको ७०औं वर्ष भएको जानकारी गराउँदै वहाले थप्नुभयो,"हामी युवालाई भविष्य मात्र होइन, साझेदारका रूपमा पनि हेर्छौं । तपाईंहरूको आवाज महत्त्वपूर्ण छ, तपाईंहरूको जस्तै जेन-जेड पुस्ताले जुन कुरालाई प्राथमिकता दिनुहुन्छ, उद्यमशील यात्रा होस् वा यस्ता ठूला संवादहरूमा सहभागिता त्यसमा आशा देखिन्छ ।"
स्वस्तिश्री गुरुकुलकी प्रधानाध्यापक नेहा के.सी.ले SGMUN लाई "एक यस्तो मञ्च जसले जोश, कूटनीति र युवाको आवाजको शक्तिलाई एकै ठाउँमा ल्याउँछ" भनेर प्रशंसा गर्नुभयो । उनले सबै प्रतिनिधिहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रम सम्भव बनाउने थुप्रै प्रायोजकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै, वहाले स्वस्तिश्री गुरुकुलले आफ्ना विद्यार्थीहरूमा समालोचनात्मक सोच र विश्वव्यापी चेतनाको विकासमा सधैं प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
सम्पूर्ण अतिथिहरुलाई विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जनले स्वागत गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो । SG MUN ४.० असार २२ सम्म जारी रहने छ, जहाँ प्रतिनिधिहरूले सम्मेलनबाट विद्यार्थीहरूमा तर्कशीलता, समस्याको समाधान पहिल्याउने क्षमता, आलोचनात्मक सोच, फरक विचारलाई आत्मसात गर्ने अभ्यास, साथै विश्व राजनीति तथा अन्तर्राष्ट्रिय सम्मेलन कसरी सञ्चालन हुन्छ भन्ने ज्ञान हासिल गर्नेछन् । उक्त कार्यक्रममा उपत्यकाका ४० विद्यालयका १७५ भन्दा बढी प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको छ ।

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_n1UzpND5kP_myvk5jbvfqzp1zmcneilvnzpzlrwakpgxx78a3qqnqmi2k9cschi1qu2qrcc.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

प्रतिक्रिया