शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय दीपेन्द्र कुमार झाको मृत्यु भएको  हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको  उपचारका क्रममा मृत्यु भएको हो ।