बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालभर रहेका बिगमार्टका शाखाहरूमा ‘स्मार्ट जुलाई अफर’ सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त एससीटीले ग्राहकलाई डिजिटल भुक्तानीको प्रोत्साहनस्वरूप यस्तो छुट योजना घोषणा गरेको हो ।
असार १७ गतेदेखि लागु भइसकेको अफर अन्तर्गत बिगमार्टमा एससीटी युपीआई कार्डमार्फत भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत छुट पाउने छन् । यो छुट अधिकतम रु १०० सम्मको हुनेछ र भुक्तानी एइएम (AIM) मेसिनमार्फत गर्नुपर्नेछ । योजना साउन १५ (जुलाई ३१) सम्म लागू हुनेछ र देशभरका १२० भन्दा बढी बिगमार्ट शाखामा उपलब्ध रहनेछ ।
एससीटीले यसअघि बिगमार्टमै हरेक SCT Smart Wednesdayसञ्चालन गर्दै आएको थियो, जसअन्तर्गत एससीटी कार्ड प्रयोगकर्तालाई १० प्रतिशत छुट दिइँदै आएको थियो । कम्पनीले जानकारी दिएको अनुसार यो बुधबार छुट योजना साउनको पहिलो बुधबारदेखि पुनः नियमित रूपमा सञ्चालन हुनेछ ।
एससीटी युपीआई कार्ड प्रयोगकर्ताहरू एससीटीको सदस्य बैंक तथा वित्तीय संस्थाबाट जारी गरिएका कार्ड प्रयोग गरेर यो अफरमा सहभागी हुन सक्नेछन् । एससीटीका अनुसार स्मार्ट जुलाई अफरले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र नगदरहित कारोबार संस्कृतिलाई मजबुत बनाउने लक्ष्य लिएको छ ।

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

Midea ले ल्यायो 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी …

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_FXk3yVYJJl_cbfcwj1s7raiikcntev1kfkfwosy8zwrkoh1dhmvluswycyryere96nc0rzo.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

प्रतिक्रिया