शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

करेन्ट लागेर एकजनाको मृत्यु

चन्द्रपुर (रौतहट)- रौतहटमा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर-२ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए । उनका अनुसार मृतकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।