‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा श्रम गर्ने नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्ने बताएका छन् । पौरखी नेपालद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशी भूमिमा पुगेर काम गरिरहेका भए पनि ती नेपाली नागरिकको स्वामित्व राज्यले लिनुपर्ने बताए ।
“नेपाली नागरिक विभिन्न माध्यमबाट कामका लागि विदेशी भूमिमा पुगेका छन्, कतिपय ठगिएर पुगेका छन, कतिपय अनौपचारिक माध्यमबाट गएर लुकेर लामो समयदेखि कागजातविहीन भएर बसेका छन, तिनीहरु सबैलाई कि त राज्यले नेपाली नै होइन भन्नुप¥यो, होइन भने स्वामित्व लिनुपर्छ”, उनले भने ।
मन्त्री भण्डारीले नेपालको श्रम तथा रोजगारी क्षेत्रमा देखिएका समाधानका लागि सवै पक्ष इमान्दार भएर लाग्नुको विकल्प नहरेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न ढिलासुस्ती गर्न नहुनेमा जोड दिए ।
“गाउँ रित्तो भयो, खाली भयो, गाउँमा बस्ने अवस्था भएन, भनेरमात्रै हुँदैन, जनशक्ति पलायनको क्रम रोखिएन, यी विषयमा गम्भीरतापूर्वक समीक्षा हुनुपर्छ, गाउँबाट मान्छेमात्रै पलायन भएका छैनन्, गाउँमा भएका सानोतिनो पुँजी पनि पलायन हुँदा झन रोजगारीको अभाव सृजना भएको हो”, उनले भने ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिनुभन्दा श्रम अनुमति दिनुपर्ने बताए । “श्रम स्वीकृति त गन्तव्य देशले जारी गर्ने हो, हामीले त काम गर्न जाने श्रमिकलाई श्रम अनुमति उपलब्ध गराउनुपर्छ । काम गर्न जाने कामदार तयार छन, कामका लागि लैजाने मुलुक तयार छन । अनि हामीले रोकेर रोकिन्छ ?”, उनले भने ।
उनले अहिले वैदेशिक रोजगारका नाममा एक नेपालीले अर्को नेपालीलाई ठग्ने गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै ठग, विचौलिया र एजेन्टलाई तह लगाउन एकद्वार प्रणालीमार्फत सेवा प्रदान गर्न मन्त्रालयले मेहनत गरिरहेको जानकारी गराए । रासस

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

प्रतिक्रिया