गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

गरिमा विकास बैंक लिमिटेडले नेपालको डोमेस्टिक कार्ड प्रणाली ‘नेपाल पे कार्ड’ अन्तर्गतको एनपीएस–नेसनल कार्ड स्विच मा आबद्ध हुने औपचारिक प्रक्रिया थालेको छ । यसका लागि फाइनान्सले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग प्रिन्सिपल मेम्बरसिप सम्झौता गरेको हो । असार १५ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायज्यू र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि अब गरिमा विकास बैंकले ‘नेपाल पे कार्ड’ इस्यु (जारी) तथा एक्वायर ९स्वीकृति० गर्न सक्नेछ, जसले ग्राहकलाई सहज, सुलभ र डिजिटल कार्ड सेवा उपलब्ध गराउनेछ ।
एनसीएचएलले हालै ‘एनपीएस’ पूर्वाधार तयार भइसकेको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै कार्ड प्रणालीमा आबद्ध हुन आह्वान गरेपछि यो प्रक्रिया अघि बढाइएको हो । एनपीएस अन्तर्गतको ‘नेपाल पे कार्ड’ ले विभिन्न कार्ड स्विचहरूलाई अन्तरजडान गर्दै कारोबारको राउटिङ्ग तथा सेटलमेन्टको कार्य एकीकृत प्रणालीमार्फत सम्पन्न गर्नेछ ।
यस प्रविधिको पूर्ण कार्यान्वयनसँगै कार्ड कारोबारको लागत घट्ने, डाटा नेपालमै रहने ९डाटा लोकलाइजेशन०, र डिजिटल इकोसिस्टमको स्तरीकरण हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पेमेन्ट सर्भिस अपरेटर र पेमेन्ट सर्भिस प्रोभाइडर, साथै १०० भन्दा बढी गैर–बैंकिङ्ग संस्थालाई राष्ट्रिय भुक्तानी प्रणाली सेवा प्रदान गरिरहेको छ ।
देशभर २३ शाखा र ४ विस्तारित काउन्टरमार्फत सेवा दिँदै आएको प्रोग्रेशिभ फाइनान्स अब नेपालकै कार्ड स्विच प्रणालीमार्फत डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्ने योजनामा अघि बढेको हो । नेपालका अग्रणी विकास बैंकहरु मध्येको गरिमा विकास बैंकले देश भरी रहेका १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया