रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने र छानबिनको लागि सहजीकरणको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा पार्टीले लिएको अडानबारे छलफल गरेको छ । पार्टीको अडान कायम राखी संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय पनि रास्वपाले गरेको छ ।
संसद्को राज्य व्यवस्था समितिबाट पारित भएको सघीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसद्को सार्वभौमिकतामाथि प्रहार भएको रास्वपाले जनाएको छ ।
‘कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई अन् देखा नगरी, यस कार्यमा संलग्नहरूलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दछ । संसद्को यो विधायकी भूमिकामा कुनै पनि चलखेल सहय नहुने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’ रास्वपाले भनेको छ ।
त्यस्तै, आगामी कार्तिक २७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट योग्य उम्मेदवार छनोट गर्नका लागि सचिवालय बैठकमा पेस भएको उम्मेदवार छनौट विधिमा व्यापक छलफल भएको छ । बैठकमा प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको रास्वपाले जनाएको छ ।
साथै रास्वपाले रुपन्देही ३ मा त्यहाँको आम नागरिक, पार्टी शुभेच्छुकहरू समेतको चाहना अनुसार छनोट विधि मार्फत योग्य, सक्षम उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
रास्वपाले भनेको छ, ‘पार्टीका सबै केन्द्रीय विभागहरूलाई चलायमान बनाउने, विभागहरूको रिक्त पदपूर्तिको लागि विभाग प्रमुखले पहल लिनु पर्ने, २०८२ असार मसान्त सम्मको कार्यसम्पादन प्रतिवेदन २०८२ श्रावण ७ गते भित्र पेस गर्न निर्देशन दिने, प्रदेशमा गठन गर्नु पर्ने विभागहरू असार मसान्त सम्म गठन गर्न केन्द्रीय विभाग प्रमुखले पहल लिनु पर्ने निर्णय भएको छ ।’
केन्द्रीय सङ्गठन विभागको प्रस्तावमा हालसम्म ७० प्रतिशत वडा अधिवेशन सम्पन्न भएको पालिकामा मात्र पालिका अधिवेशन हुनसक्ने व्यवस्था रहेकोमा उक्त व्यवस्थालाई संशोधन गरी ५० प्रतिशत वडा अधिवेशन भएको र ३० प्रतिशत वडा अधिवेशन भएको पालिकाहरूको समेत अधिवेशन गर्न सक्ने निर्णय भएको रास्वपाले जनाएको छ ।
रास्वपाले कुन पालिकामा कति प्रतिशत वडा अधिवेशन भएको भन्ने विवरणले सङ्गठनको अवस्था चित्रण गर्ने भएकोले सो कुरा ख्याल गरेर सकभर धेरै वडा अधिवेशन सकेर पालिका अधिवेशन गर्न निर्देशन दिने निर्णय गरेको छ ।
त्यस्तै, रास्वपा सचिवालय बैठकले केन्द्रीय सङ्गठन विभागको सदस्यका लागि प्राप्त आवेदकहरूमध्ये छनौट कार्यदलबाट सिफारिस भएको सदस्यहरू प्रमीला भुसाल(चितवन), सुशील अधिकारी (दाङ), मानकुमार लामा(चितवन) लाई केन्द्रीय सङ्गठन विभागको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

प्रतिक्रिया