एन्फा यु-१६ असार २० बाट सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा असार २० गते शुक्रबारदेखि काठमाडौंमा एन्फा यु–१६ युथ लिग सुरु हुने भएको छ ।
एन्फाले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फा यु–१६ युथ लिगको तयारी पुरा भएको जनाएको हो । प्रतियोगितामा १४ वटै ए डिभिजन लिग क्लवहरुको सहभागीता रहने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्सको खेल मैदानमा खेलाइने र आवश्यकता अनुसार दशरथ रंगशालामा पनि खेल हुन सक्ने उनले बताए ।
एन्फा यु–१६ युथ लिगको विजेताले १ लाख रूपैयाँ प्राप्त गर्ने छन् भने उपविजेता ५० हजार रूपैयाँ पाउने छन् । व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीले समान १५ हजार पाउने प्रवक्ता शाहले बताए । प्रतियोगिताको सहभागी टिमलाई तयारी खर्च स्वरुप एन्फाले प्रत्येक टिमलाई ३ लाख ५० हजार प्रदान गरिएको शाहले जानकारी दिए । प्रतियोगिताको अनुमानित बजेट १ करोड २ लाख ३६ हजार ३३० रूपैयाँ रहेको एन्फाले जनाएको छ ।

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया