गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

वासिङ्टन डीसी, अमेरिका- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इजरायलले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमत भएको बताएका छन् ।
ट्रम्पले हमासलाई युद्धविराम सम्झौता अस्वीकार नगर्न चेतावनी दिँदै अस्विकार गरेमा राम्रो नहुने जनाएका छन् ।
ट्रम्पका अनुसार कतार र इजिप्टले शान्तिका लागि मद्दत र मेहनत गरी, अन्तिम प्रस्ताव दिने र प्रस्तावित युद्धविराम अवधिमा युद्ध अन्त्यका लागि वार्ता जारी रहने पनि उनले बताएका छन् ।
उनले सामाजिक सञ्जालमा उल्लेख गरे, “मेरा प्रतिनिधिहरूले गाजामा आज इजरायलीहरूसँग लामो र फलदायी बैठक गरे । इजरायलले ६० दिने यिुद्धविरामका लागि अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ ।”
उनले अगाडि लेखेका छन्, “यस अवधिमा हामी युद्धको अन्त्य गर्न सबै पक्षहरूसँग काम गर्नेछौ । कतार र इजिप्टवासीले शान्तिका लागि अन्तिम प्रस्ताव दिने आशा गर्दछु, । मध्यपूर्वको शान्तिको लागि, हमासले यो सम्झौतामा सहमत हुनेछ ।”
यो घोषणा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको जुलाई ७ मा हुने भनिएको अमेरिका भ्रमणको एक हप्ताभन्दा कम समय बाँकी रहँदा आएको हो । एएनआई

जापानमा दुई सातामा ९०० बढी भूकम्पको झट्का

युरोपेली सुरक्षामा आँच नपुर्याउन चीनलाई इयूको आग्रह

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको …
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_Xca4VmpEcG_nizepg9aeteh651vt7dbsfgcta2hwelepdp9wbf0xudeikafumorczl1yfs0_TsJoGhG1XO_skg7sgd3l0mzcntist0v2ukwmf39hxhhx3arttdlwyyiacwkyrrwwzzmjhlx.jpg)
पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु

धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसंघ

ईरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

प्रतिक्रिया