पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_Xca4VmpEcG_nizepg9aeteh651vt7dbsfgcta2hwelepdp9wbf0xudeikafumorczl1yfs0_Z6cvc9B5YT_nh7o6zmsi6zjyfdo5gcnggxi64r8fnrafh9oet88ipsoygeaqyf1vnmmymct.jpg)
इस्लामाबाद- पाकिस्तानमा विगत एक सातादेखि जारी भारी वर्षा र आकस्मिक बाढीका कारण कम्तीमा ६४ जनाको ज्यान गएको छ भने ११७ जना घाइते भएको सरकारी निकायले जनाएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार, सबैभन्दा बढी क्षति उत्तरपश्चिमस्थित खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ १० जना बालबालिकासहित २३ जनाको ज्यान गएको खबर प्राप्त भएको छ ।
स्थानीय सञ्चार माध्यमहरूका अनुसार, स्वात उपत्यकामा मात्र गत साता आएको बाढीले १४ जनालाई बगाएको बताइएको छ ।
पूर्वी पञ्जाब प्रान्तमा घर भत्किँदा र बाढीको कारण २१ जनाले ज्यान गुमाएका छन्, जसमा ११ जना बालबालिका रहेका छन् ।
दक्षिणी सिन्ध प्रान्तमा १५ जनाको निधन भएको छ भने दक्षिणपश्चिम बलुचिस्तानमा पनि पाँच जनाको ज्यान गएको छ ।
पाकिस्तानको जलवायु पूर्वानुमान विभागले शनिबारसम्म अझै भारी वर्षा र बाढीको जोखिम कायमै रहेको भन्दै सतर्क रहन सबैलाई आग्रह गरेको छ ।
यसअघि, गत वैशाख महिनामा पनि पाकिस्तानमा आएको भीषण आँधी र चट्याङका कारण कम्तीमा ३२ जनाको ज्यान गएको थियो ।
पाकिस्तान विश्वका ती मुलुकहरूमध्ये एक हो, जो जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परिरहेको छ ।
सन् २०२२ मा आएको विनाशकारी मनसुन बाढीले देशको एक तिहाइ भूभाग डुबानमा परेको थियो र झण्डै एक हजार ७०० जनाको ज्यान गएको थियो । (एएफपी)

गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

जापानमा दुई सातामा ९०० बढी भूकम्पको झट्का

युरोपेली सुरक्षामा आँच नपुर्याउन चीनलाई इयूको आग्रह

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको …

धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसंघ

ईरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

प्रतिक्रिया