कोशी प्रदेश सरकारः परिमार्जित योगदानमूलक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति

कोशी प्रदेश सरकारले परिमार्जित योगदानमूलक कोषको व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । बुधवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको कोशी मन्त्रिपरिषद् बैठकले उक्त विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो ।
योगदानमूलक कोषको व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने अनुमति दिएपछि प्रदेश लोकसेवा आयोगको सिफारिशमा २०७६ साल साउन १ गते यता प्रदेश तथा स्थानीय तहमा नियुक्ति पाएका कर्मचारीहरुलाई उपदान वा निवृत्तिभरण प्राप्त गर्न सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।
यसैगरी बैठकले कोशी प्रदेशको परिमार्जित जनस्वास्थ्य नियमावली स्वीकृत गरेको छ । त्यस्तै प्रदेश तथ्यांक ऐन परिमार्जनका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भण्डारीले बताए ।

पहिरोले घर पुरिँदा चार जना घाइते

तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी

तिलाहारमा बेठीका साथ रोपाइँ

तिम्ल्याहाले घरमै पाए नागरिकता

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

प्रतिक्रिया