बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरु अहिले पनि आन्दोलनको तयारीमा नै रहेको बताएका छन् । राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा देशमा यथास्थितीको अन्त्य गरेर एउटा नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारीमा रहेको बताएका हुन् ।

उनले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन नसकेको बताए । पार्टीले गर्ने संगठनको सबै क्रियाकलापहरु आन्दोलनको तयारीको रुपमा नै बुझ्न उनले आग्रह गरे ।

त्यस्तै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार व्याप्त भएकाले सवैमाथि छानबिन गरेर दण्डित गर्नुपर्नेमा जोड दिए । नेताले नियुक्ति गरेका मान्छेहरुले नेतालाई कारवाही गर्न नसक्ने भएकाले अहिलेको समस्या व्यवस्थामा रहेको लिङ्देनले धारणा राखे । उनले बिचौलियाले तय गरे अनुसार कानून बन्ने र नियुक्त हुने देखिएकाले नेतामात्रै फेरेर मुलुकको अवस्थामा कुनै परिवर्तन नहुने जिकिर गरे ।