अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

काठमाडौँ- अछाम-बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ का पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर (बूढथापा)को योगदानमा आधारित स्मृतिग्रन्थ लोकार्पण भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उक्त स्मृतिग्रन्थ सार्वजनिक भएको हो ।
राजनीतिज्ञ एवं समाजसेवी बूढथापाको जीवनी र योगदानमा आधारित स्मृतिग्रन्थ नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले स्मृतिग्रन्थ विमोचन गरे। स्मृतिग्रन्थ लोकार्पण गर्दै प्रमुख अतिथि बडूले दिलबहादुर कुँवर बूढथापाको योगदान परिवार समाज र सुदूरपश्चिम क्षेत्र मात्र नभई सिंगो देशको सम्पत्ति भएको बताए ।
उनले भने, 'दिलबहादुर कुँवर बूढथापाको राजनीतिमा मात्र होइन, सामाजिक रूपान्तरणमा पनि ठूलो भूमिका छ । राणा शासनको जर्जर अवस्थामा घरमै विद्यालय खोल्ने कुरा अद्भूत र क्रान्तिकारी कदमको हो ।'
अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले अछाम बाजुराका प्रथम सांसद दिलबहादुरका इतिहासको जगेर्ना गर्दै यसलाई लिपिबद्ध गर्नुपर्ने आवश्यकता रहेकोमा उक्त कामले पूर्णता पाएको भन्दै हर्ष व्यक्त गरे ।
'अछाम जिल्लामा मालपोत कार्यालय ल्याउनको लागि उहाँको अहम् भूमिका थियो । उहाँले तत्कालीन समयमा अछामका पाँच सय बढी युवाहरूलाई लिएर डोटीको पुरै बजारमा तालाबन्दी गर्ने आन्दोलनको नेतृत्व पनि उहाँले गर्नुभएको थियो । अछामको बयालपाटामा विद्यालय, श्रीकोट लगायतका स्थानमा विद्यालय स्थापनामा समेत उहाँको महत्वपूर्ण भूमिका थियो ।', उनले भने ।
पुर्खाको इतिहासलाई सम्मान र संरक्षण गर्दै अघि बढ्न नयाँ पुस्ताका लागि पनि यो ग्रन्थ महत्वपूर्ण हुने उनको विश्वास छ । स्मृतिग्रन्थ सार्वजनिकीकरण समारोहका अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलबहादुर कुँवरले पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर बूढथापाबाट समाजसेवा, भ्रष्टाचार विरोधी अभियानले आफूहरूलाई समेत समाजसेवा गर्ने प्रेरणा मिलेको उल्लेख गरे ।
स्मृतिग्रन्थको समीक्षा गर्दै वरिष्ठ साहित्यकार प्रमोद दाहालले यो पुस्तक इतिहासका विद्यार्थीले पिएचडीमा शोधपत्र गर्न सक्नेस्तरको रहेको बताए ।
उनले स्मृतिग्रन्थमा अधिकांश नयाँ र रोचक ऐतिहासिक तथ्यहरू उजागर भएको समेत उल्लेख गरे ।
दिलबहादुर कुँवर (बूढथापा)का ज्येष्ठ सुपुत्र पूर्वराजदूत बलबहादुर कुँवरले मृत प्रायः यस गौरवमय इतिहासको उत्खनन गरी यसलाई जीवन्त राख्ने सानो प्रयास गरेको बताए । भावी पिँढीका लागि एक प्रेरणाको स्रोत बनोस् भन्ने कामना समेत गरे ।
सांसद बूढथापाले वि.सं. २०१५ सालको निर्वाचनमा अछाम बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ बाट तत्कालीन सेती महाकालीक्षेत्रमै सर्वाधिक मत ९ हजार ६ सय ५ ल्याएर विजयी भएको भएको थियो । उनी नेपाली कांग्रेस अछामको निर्वाचित प्रथम सभापति समेत बनेका थिए ।
वि।सं २०१७ सालमा सम्पन्न नेपाली कांग्रेसको सातौं केन्द्रीय महाधिवेशनबाट बिपी कोइरालाको अध्यक्षतामा गठित ३२ सदस्यीय केन्द्रीय कार्यसमितिको सदस्य समेत चुनिएका थिए ।
दिलबहादुर कुँवर (बूढथापा)का ज्येष्ठ सुपुत्र पूर्वराजदूत बलबहादुर कुँवर र बुहारी शान्ता कुँवर श्रेष्ठले उनको जीवनी, राजनीतिक यात्रा, समाजसुधार र योगदानमा आधारित स्मृतिग्रन्थ प्रकाशित गरेका हुन् ।
स्मृतिग्रन्थको प्रधानसम्पादक विमल भौकाजी हुन् । सम्पादक मण्डलमा शेरबहादुर कुँवर, प्रेमबहादुर कुँवर र कुलबहादुर कुँवर छन् ।
पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर बूढथापा वि.सं. १९६४ असार १७ गते जन्मिएका उनको वि.सं. २०५९ भदौ २९ गते भएको थियो ।

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

प्रतिक्रिया