मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

घोराही (दाङ)- यहाँको एक कृषि सहकारीले मेवाखेतीबाट राम्रो आम्दानी गर्दै आएको छ । घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ ।
सहकारीले नौ कट्ठा जग्गा भाडामा लिएर विगत तीन वर्षअघि देखि व्यावसायिक रुपमा रेड लेडी जातको मेवाखेती सुरु गरेको थियो । उक्त जग्गाको वार्षिक रु ३६ हजार भाडा तिर्ने गरिएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताए ।
सहकारीले हालसम्म मेवाका बिरुवा बिक्रीबाट रु ५० हजार र पाकेको फल बिक्री गरेर रु दुई लाख आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक चौधरीले बताए । मेवा बिक्रीबाट आएको मुनाफालाई शेयर सदस्यलाई दिने गरिएको उनी बताउँछन् ।
सुरुमा १० पोकाबाट मेवाका बिरुवा उत्पादन गरिएको थियो । त्यसमा २५० बिरुवा सहकारीबाट लगाइएको उनको भनाइ छ । एक पोका बीउलाई रु आठ हजार ५०० पर्ने गरेको उहाँ बताउनुहुन्छ । प्रत्येक पोकाबाट ४०० बिरुवा उत्पादन हुने गरेको उनीसँग अनुभव रहेको छ । मेवाको बिरुवा पाँचभन्दा बढी लैजानेलाई रु १०० का दरले र त्योभन्दा कम लैजानलाई रु १५० का दरले बिक्री गर्ने गरेको संस्थाका व्यवस्थापक चौधरीले बताए ।
मेवाको फल र बिरुवा पनि राम्रौ बिक्री हुने गरेको उनी बताउँछन् । सहकारी संस्थामार्फत आम्दानी गर्न पाउँदा सबै शेयर सदस्य खुसी भएको उहाँ बताउनुहुन्छ । कुनै पनि आयआर्जन हुने काममा जोडिएपछि आम्दानी बढ्दै जाने उनको भनाइ छ । भोलिका दिन व्यवसायलाई अझ बढाउँदै लैजाने उनी बताउँछन् ।
यसअघि ‘रेमिट्यान्स’ सेवामार्फत आम्दानी गर्दै आएको सहकारीले नयाँ सहकारी ऐनमा कृषि सहकारीले उक्त सेवा सञ्चालन गर्न नपाउने भएपछि आम्दानीका अन्य उपाय खोज्न थालेको थियो । सोही क्रममा सहकारीले धान खरिद गरी चामल बिक्रीबाट पनि गत वर्ष रु डेढ लाख आम्दानी गरेको थियो । ३५० सदस्य रहेको बलिदान कृषि सहकारीको रु डेढ करोड पुँजी रहेको छ ।

बाँकेमा साइबर अपराधका उजुरी बढे

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

तटबन्धले जोगायो घर खेत
_04YG2z72mH_v8t2igg3vbb16jiyc5uza0xw7voswj7ykb4vsjp80tricojvuf9puxqytjnl_wMuEUhyzpv_e0o1fqcjg8zsgadqjoceib5jpi86regqrtgvhods2y6ip27bju0gma46jrja.jpg)
प्रतिक्रिया