ङुइला नाका तीन महिनाका लागि खुला

गोरखा- चीनको स्वशासित क्षेत्र सिजाङ आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले मंगलबारदेखि उक्त नाका खुला गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जोले राससलाई लामाले जानकारी दिए ।
निवर्तमान वडाअध्यक्ष लामाका अनुसार यसपटक तीन महिनाका लागि नाका खुला गरिएको हो । कोरोना महामारीपछि उक्त नाका बन्द गरिएको थियो । गत वर्ष सो नाका एक महिनाका लागि खुलेको थियो ।
तिब्बती नाका खुला भएसँगै हालसालै सङ्कलन गरिएको यार्सागुम्बालगायत जडीबुटी तिब्बती बजारमा बेचेर त्यहाँबाट खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री ल्याउन पाइने भन्दै स्थानीय खुशी भएका छन् ।
चुमनुब्री–१ स्थित रुइला नाका भने हाल खुला गरिएको छैन ।

'मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य यथाशक्य छिटो सम्पन्न गर्नू'

फलामे खोरमा डेढ वर्षदेखि जीवनका खुसी खोज्दै ११ वर्षे बालक

'कुलिङ पिरियड' प्रकरण कमजोरी होइन, सुनियोजित अपराध हो : नारायणकाजी

वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब

यस्तो हुनेछ आज दिनभरको मौसम

कात्तिक १७ गते उपनिर्वाचन

प्रतिक्रिया