अवैध लागूऔषधसहित नौ जना पक्राउ

झापा- बिर्तामोड नगरपालिका–३ भगवानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५६० मिलिग्रामसहित सोही नगरपालिका–३ शिवालय टोल बस्ने २६ वर्षीय वीरबहादुर राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ दुई किलो ७१४ ग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्लाको सर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही र २७ वर्षीय सालु शाही छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले थप अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न रोल्पाको लुङग्री गाउँपालिका–७ की ३२ वर्षीया पुनम पुन मगरलाई समेत पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–५ कोईलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागूऔषध गाँजा करिब चार किलो ७०० ग्राम र पोलेन चार किलो ८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

तिम्ल्याहाले घरमै पाए नागरिकता

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

प्रतिक्रिया