सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ : मनिष झा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदलाई झुक्काएर 'कुलिङ पिरियड' घुसाउने राज्य ब्यवस्था सभापति रामहरि खतिवडाले राजीनामा दिनु पर्ने बताएका छन् ।
राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा सो विधेयक प्रतिवेदन लैजाँदा सभापति खतिवडाले घुसाएर पठाएर पास समेत गराएको भन्दै सांसद झाले राजीनामा माग गरेका हुन् ।
‘राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाज्यू, निजामती विधेयकमा, तपाईले सङ्घीय सदनको रोस्टमबाट टेवल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ झाले प्रश्न गर्दै भनेका छन कि, ‘कि यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्।’
उनले सो विधेयक पारित गराउने सत्तारूढ र प्रतिपक्ष दलका सांसदहरूलाई पनि सामाजिक सञ्जालवाट ब्यंग्य गरेका छन्, ‘र, पढ्दै नपढेर ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने (सांसद)हरूलाई ‘कुरी कुरी’ ।’
रास्वपाले भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेको बेला अब राज्य ब्यवस्था सुशासन समितिका सभापति खतिवडाको राजीनामा माग गर्ने तयारी गरेको बुझिएको छ ।
निजामती सेवा विधेयकमा 'कुलिङ पिरियड' नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेको विधेयकमा भने 'कुलिङ पिरियड' राखेर पारित भएकाे रहस्य खुले पछि यतिखेर खतिवडाको आलोचना भइरहेको छ ।

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

प्रतिक्रिया