आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।
त्यस्तै, ११ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यसूची छ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘नागरिकता विधेयक–२०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् ।
त्यस्तै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरिनेछ । सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका बारेमा सदनलाई जानकारी संसद् सचिवालयले जनाएको छ ।

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

प्रतिक्रिया