जापानको औद्योगिक उत्पादनमा उल्लेखनीय सुधार

टोकियो- जापानको औद्योगिक उत्पादनमा पछिल्लो समय ०.५ प्रतिशतको वृद्धि देखिएको छ, जुन दुई महिनापछि आएको पहिलो सुधारका रूपमा अथ्र्याइएको छ ।
यो विवरण जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कमा आधारित छ ।
मौसमी समायोजन गरिएको औद्योगिक सूचकाङ्क १०१.८ पुगेको जनाइएको छ । यस वृद्धिमा विशेषगरी उत्पादन उपकरण र सवारीसाधनसम्बन्धी उद्योगहरूको महत्त्वपूर्ण भूमिका रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
कार निर्माणका ढाँचा, उत्खनन मेसिन तथा यात्रुवाहक सवारीसाधनहरूमा बढ्दो मागले उत्पादनमा सकारात्मक प्रभाव परेको देखिएको छ ।
पन्ध्र वटा प्रमुख उद्योग समूहमध्ये नौ मा उत्पादन वृद्धि, पाँचमा गिरावट र एक मा स्थिरता देखिएको छ ।
मन्त्रालयले समग्र औद्योगिक गतिविधिलाई “सुधारको संकेत दिँदै स्थायित्वतर्फ उन्मुख” भनी मूल्याङ्कन गरेको छ ।
तर, सवारीसाधन बाहेकका यातायात उपकरणहरूमा १६.३ प्रतिशतले गिरावट आएको छ, जुन हवाइजहाजका उपकरणहरूमा घट्दो मागका कारण भएको बताइएको छ ।
रासायनिक उद्योगमा उत्पादन ५.१ प्रतिशतले घटेको छ, जसको मुख्य कारण निर्धारित मर्मतकार्य रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, विद्युतीय उपकरण तथा पुर्जाहरूको उत्पादनमा पनि ३ प्रतिशतको कमी देखिएको छ ।
मन्त्रालयले केही उद्योगहरूमा संयुक्त राज्य अमेरिकाको भन्सार नीतिले प्रभाव पारेको भन्दै, उत्पादन तथा आपूर्तिमा त्यसको असर देखिन थालेको प्रति चासो व्यक्त गरेको छ । (सिन्ह्वा)

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

भारतको औषधि कारखानामा विस्फोट : मृतकको संख्या ३६ पुग्यो

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

अटोपायलटले काम नगरेपछि मस्कमाथि करोडौं डलर जरिवाना हुन सक्ने

इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

वार्ता पुनः सुरु हुनअघि अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ : इरान
चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम…

प्रतिक्रिया