पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

मान्म (कालीकोट)- पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ को गगनेखोला र जिते नजिक पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो ।
सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट र जिल्ला प्रहरी कार्यालय कालीकोटको पहलमा खाँडाचक्र नगरपालिका–२ को जितेबजार, शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालन भएको हो । पहिरो पन्छाएपछि राजमार्ग खुलेको र यात्रु गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।
“साँघुरो सडकका कारण दोहोरो रुपमा गाडी गुडाउन समय लाग्ने गरेको छ”, उहाँले भन्नुभयो, “डोजरले सडक फराकिलो पार्ने काम भइरहेको छ ।” सडक अवरुद्ध हुँदा कालीकोट सदरमुकाम मान्म तथा जुम्ला र मुगुबाट सुर्खेतका लागि छुटेका सवारीसाधन बाटोमै थन्किएपछि यात्रुले सास्ती पाएका थिए । सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
–––

हिल्सा–सिमिकोट सडकको सम्भाव्यता अध्ययन

पहिराले गुल्मीको रिडी-वामीटक्सार सडकमा आवागमन रोकियो

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

नारायणी लिफ्टबाट पानी छोडियो

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली

दोर्दी केन्द्र जोड्ने सडक कालोपेत्र गर्न सुरु

प्रतिक्रिया