मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरू उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा आज काठमाडौँमा सुरु भएको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । 

‘युवाका लागि अबको निकासः उद्यमशीलता, रोजगारी र सीप विकास’ भन्ने नारासहित आयोजित सम्मेलनमा उपराष्ट्रपति यादवले युवाहरूको साहस, सृजनशीलता र सम्भावनालाई नेपालको उज्ज्वल भविष्यको आधारका रूपमा उल्लेख गर्नुभयो । “नेपालको कुल जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने युवाशक्ति आजको यथार्थमात्र होइन, उज्यालो भविष्यको सुनिश्चितता पनि हो”, उहाँले भन्नुभयो, “युवाहरू नवप्रवर्तनशील सोच र उद्यमशील दृष्टिकोणका साथ राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ ।”

उपराष्ट्रपति यादवले राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय सम्मेलनहरूबाट केन्द्रीय तहसम्म आइपुग्दा उद्यमशीलता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गर्नुभयो । यस्ता सम्मेलनले सरकारका नीति र कार्यक्रमलाई युवासँग जोड्न, निजी क्षेत्रसँग सहकार्य सुदृढ गर्न र स्टार्टअप संस्कृति प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

उपराष्ट्रपति यादवले जलविद्युत्, पर्यटन, कृषि, जडीबुटी, साना तथा घरेलु उद्योग र डिजिटल उद्यमजस्ता क्षेत्रमा युवालाई केन्द्रमा राखेर नीतिनिर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रो चाहना  नेपाली युवा समस्या देखाउनेमात्र नहोस्, स्वयं समाधान पनि बनोस् भन्ने छ”, उहाँले भन्नुभयो, “यसका लागि सशक्त वातावरण, अनुकूल नीति, वित्तीय पहुँच र युवाप्रतिको विश्वास अपरिहार्य छ ।”

उपराष्ट्रपति यादवले युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक पुँजी, सीप र मार्गदर्शन प्रदान गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्थान, वित्तीय निकाय र नागरिक समाजले साझा जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उहाँले बेरोजगारी घटाउन र युवालाई स्वरोजगारका लागि प्रेरित गर्न यो सम्मेलन कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले सम्मेलनको सफलताका लागि आयोजक राष्ट्रिय युवा परिषद्लाई बधाई दिँदै युवाहरूको सृजनशीलता र जोशलाई व्यावहारिक रूपान्तरण गरी समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन शुभकामना व्यक्त गर्नुभयो ।

 

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य १५ निर्णय

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

किसानको हितमा सरकार प्रतिबद्ध छः मन्त्री अधिकारी

किसानको हितमा सरकार प्रतिबद्ध छः मन्त्री अधिकारी