सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन ।  सोमवार राष्ट्रिय युवा परिषदद्धारा आयोजित युवा उद्यमशीलता प्रर्वद्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले उर्जावान युवा देशको प्रमुख शक्तिश्रोतको रुपमा रहेको बताउँदै उनीहरुले स्वदेशमै उद्यमशीलता गर्नु पर्ने बताएका हुन ।

मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारलाई अगामी दश बर्ष भित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा कार्यक्रम घोषणा गरेको बताए । उनले भने,  ‘वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यमात्मक हुनुहुँदैन । स्वेच्छाले जानेहरुलाई रोक्न सकिँदैन । तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरुलाई देश भित्रै रोजगारको अवसरा सृजना गर्न श्रम मन्त्रालय संरचना र नीति निर्माण सहित कार्य गरिरहेको छ ।’

उनले रोजगारी सृजना गर्ने कार्य निजी क्षेत्रको भएको हुनाले उत्पादन र उत्पादकत्व बढे स्वतः रोजगारी सृजना हुने जिकिर गरे । संसारको जुनसुकै देशमा सरकारले सिमित संख्यामा मात्रै रोजगारी सृजना गर्ने गरेको बताउँदै निजी क्षेत्रसँगको समन्वय, सहकार्य गरी रोजागरीको विभिन्न अवसरहरु सृजना गर्न सरकारले आवश्यक निती नियम सुधार गरेर जानुर्पेमा जोड दिए।

 
मन्त्री भण्डारीले देशभित्रै रहेका रोजगारीका सम्भवानाहरुलाई सही तरिकाले सदुपयोग गर्न नसकेको अवस्था गम्भीर चिन्ताको बिषय भएको बताए । उनले नेपालीहरु थोरै पैसाका लागि विदेशिनु भन्दा स्वदेश मै स्वरोजगार गरेर बस्न सुझाए । अगाडि उनले थपे, ‘नेपालीहरु केवल बैदेशिक रोजगारमा जाने मात्रैहरुको लर्को मात्रै छैन, वैदेशिक रोजगारमा गएकाहरु सीप, ज्ञान, थोरै भएपनि पुँजी लिएर फर्केर आउनेहरुको संख्यामा पनि उत्तिकै छन् ।’

मन्त्री भण्डारीले नेपाली श्रमबजारमा प्रत्येक बर्ष पाँच लाख श्रमशक्ति आउने गरेको जिकिर गर्दै ति श्रमशक्तिहरुलाई सीप र क्षमता अभिवृद्धि विकास गर्न सके देश भित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने बताए । 

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य १५ निर्णय

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

किसानको हितमा सरकार प्रतिबद्ध छः मन्त्री अधिकारी

किसानको हितमा सरकार प्रतिबद्ध छः मन्त्री अधिकारी