कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

काठमाडौं– राजेन्द्र लुइँटेलको अध्यक्षतामा कार्यक्रम व्यवस्थापन सङ्घको नयाँ नेतृत्व चयन भएको छ । यहाँ सम्पन्न सङ्घको तेस्रो महाधिवेशन एवं चुनावीसभामा आगामी दुई वर्षका लागि लुइँटेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
सङ्घ देशभरका कार्यक्रम आयोजक एवं इभेन्ट व्यवस्थापकहरुको छाता सङ्गठन हो । कार्यसमितिको उपाध्यक्षद्वयमा तृष्णा गुरुङ र समिर लामा, महासचिवमा सोनीतराज ढुङ्गेल, सचिवमा विपिन पोखेरल, कोषाध्यक्षमा मनोज थापा, सहसचिवमा भागिरथकुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई चयन भएका छन् ।
साथै कार्यसमिति सदस्यहरुमा सुभास श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहुल ब्ञ्जाडे, पूजा रेग्मी र लोमस कार्की निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता केशव पोखरेलले जानकारी दिए । उनीहरूलाई प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले हार्दिक बधाइ तथा शुभकामना दिए ।
मुलुकभरका १२० भन्दाबढी इभेन्ट आयोजक तथा कम्पनीको सहभागिता रहेको महाधिवेशनले वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्वगर्भनर डा. सुशिला मल्ललाई सल्लाहकारमा चयन गरेको छ । सङ्घका निवर्तमान अध्यक्ष लवबहादुर कार्कीलाई संरक्षकका रुपमा सम्मान गरिएको थियो ।

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

चितवनको इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर

प्रतिक्रिया