सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । जुन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । जुन बैठक बिहान ८ः३० बजेवाट सुरू हुनेछ । विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ भने संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुन बाँकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषदका सदस्यको सुनुवाइ गरिनेछ । जुन बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

राष्ट्रियसभामा १४ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित

प्रतिक्रिया