सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

चन्द्रपुरमा लागुऔषध नियन्त्रण अभियानः १० जनामाथि मुद्दा

पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा प्रहरीले सञ्चालन गरेको लागुऔषध कारोवार नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको छ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको निर्देशनमा संचालित अभियान अन्तर्गत यस आर्थिक वर्षमा बिभिन्न किसिमका लागुऔषध बरामद गर्नुका साथै कारोवारमा संलग्न १० जनालाई कारवाहीको दायरामा ल्याईएको छ। पछिल्लो समय चन्द्रनिगाहपुर क्षेत्र आसपासमा लागुऔषध दुर्व्यसनी को संख्या बढ्दै जाँदा प्रहरीले बिभिन्न किसिमका सचेतना मुलक कार्यक्रम समेत संचालन गरेको छ।


यस आर्थिक वर्षमा हालासमा बिद्यालय सार्वजनिक स्थलमा गरी २० वटा लागुऔषध बिरुद्द सचेतनामुलक कार्यक्रमको आयोजना गरेको डिएसपी राईले बताएका छन्। कार्यक्रममा लागुऔषध सेवनले हुने स्वास्थमा हानिको बारेमा कानुनी कारवाहीको बारेमा लगायत जीवनमा त्यसले कस्तो प्रभाव पार्छ भनेर बिस्तृत रुपमा विद्यार्थीलाई सम्झाउने गरेको डिएसपी राईले बताए।

त्यसैगरी लागुऔषध बिक्री बितरण निरुत्साहित गर्न औषधी ब्यवसायीसँग पटक पटक छलफल गरिएको, पक्राउ परेका दुर्व्यसनीको अभिभावकलाई सम्झाई बुझाई जिम्मा लगाउने गरेको उनले बताए। 

न्युज कारखानासँग कुरा गर्दै राईले लागुऔषध सेवन तथा कारोवार प्रहरीले एक्लै चाहेर पनि पूर्ण नियन्त्रण हुन सक्दैन त्यसको लागि सबैपक्ष सचेत हुन जरुरी रहेको बताए । कहीँ कसैले लागुऔषध सेवन अथवा कारोवार गरेको छ भने त्यसबारेमा सूचना दिन डिएसपी राजकुमार राईले आग्रह गरेका छन्। सुचना दिने मानिसको नाम गोप्य राखिने उनले प्रतिवद्धता समेत जनाएका छन्।


यस आर्थिक वर्षको साउन देखी असार १३ गतेसम्म प्रहरीले १० जनालाई ठूलो परिमाणमा लागूऔषध सहित पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याईएको उनले जानकारी दिएका छन्।


पक्राउ परेकाहरूको साथबाट ५१ किलो ६१० ग्राम गाँजा, २.५ ग्राम खैरो हिरोइन फेला परेको छ। यस्तै, नशालु इन्जेक्सन डाईजिपाम ४८ एमपुल, फेनारगन ४८एमपुल , बुप्रेनुफिन  ४८ एमपुल, नशालु क्याप्सुल ट्रामाडोल ४ हजार ४७० वटा बरामद गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ।

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

विकासका लागि वित्तपोषण सम्बन्धी सम्मेलनअघि सरकारलाई नागरिक समाजको ५ बुँदे मागपत्र

विकासका लागि वित्तपोषण सम्बन्धी सम्मेलनअघि सरकारलाई नागरिक समाजको ५ बुँदे मा…

सेरीनको चौथो बुढानीलकण्ठ अन्तरविद्यालय फुट्सल प्रतियोगिता आयोजना हुँदै

सेरीनको चौथो बुढानीलकण्ठ अन्तरविद्यालय फुट्सल प्रतियोगिता आयोजना हुँदै

शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनद्वारा “एससीएसएमएफ स्पोर्टस अवार्ड”को दोस्रो संस्करण सम्पन्न

शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनद्वारा “एससीएसएमएफ स्पोर्टस अवार्ड”को दोस्रो सं…

आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्यो प्रश्न

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’