आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

संसदको रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयक, देशमा आगो बाल्ने चेतावनी

काठमाडौं - आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारले संसदबाट पारित गर्न खोजेको निजामती विधेयकलाई रोष्ट्रमबाटै च्यातेका छन् । विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै यो पारित भयो भने देशमा आगो बाल्ने चेतावनी समेत उनले दिए । यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने उनको दाबी छ ।

उनले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन । यो आयो भने गरिबका लागि कालो दिन हुन्छ । यसका मतियारलाई गरिबले कहिल्यै माफी दिने छैनन् ।’

यस्तो आपराधिक कार्यको साक्षी नबस्ने भन्दै उनले विधेयकको प्रति च्यातेर बैठक बहिष्कार गरेर हिँडेका छन् ।