आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनद्वारा “एससीएसएमएफ स्पोर्टस अवार्ड”को दोस्रो संस्करण सम्पन्न

काठमाडौं- शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन (एससीएसएमएफ)ले आफ्नो वार्षिक “एससीएसएमएफ स्पोर्टस अवार्ड” को दोस्रो संस्करण भव्य समारोहबीच सम्पन्न गरेको छ ।

नेपाली खेलकुदमा योगदान पुर्‍याएका स्थापित हस्ती र उदाउँदा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले स्थापित यो पुरस्कार समारोहमा यस वर्ष पनि एक वरिष्ठ र एक युवा खेलाडीलाई सम्मान गरिएको हाे ।

यस वर्षको नेपाली फुटबलका पूर्वकप्तान राजुकाजी शाक्यलाई प्रदान गरिएको छ । नेपाली फुटबलमा खेलाडी तथा प्रशिक्षकको रूपमा उनले पुर्‍याएको अतुलनीय र उत्कृष्ट योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो । शाक्यको नेतृत्वमा नेपालले दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो र उनी नेपाली फुटबलका एक प्रेरणादायी व्यक्तित्व हुन् ।

त्यसैगरी ‘एससीएसएमएफ स्पोर्टस अवार्ड’ बाट नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पनि सम्मान गरिएको छ । देशमा भलिबल खेलको विकास र महिला खेलाडीहरूलाई प्रेरणा प्रदानगर्न उनले पुर्‍याएको महत्वपूर्ण योगदानको लागि उनलाई सम्मानित गरिएको हो । शाहीको नेतृत्वमा नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

पुरस्कार स्वरूप दुवै जनालाई रु २,५०,००० स–सम्मान प्रदान गरिएको छ । शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन स्वर्गीय शरद चन्द्र शाहाको सम्झनामा उनका परिवारजनहरूद्वारा २०२० नोभेम्बर ३० मा स्थापना गरिएको थियो। शरद चन्द्र शाहानेपालीखेलकुदइतिहासमाप्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात छन् ।

उनी एशियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली व्यक्ति हुन् । उनी २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष रहेका थिए । उनी नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार पनि हुन् ।