आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

काेशी प्रदेशकाे समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न शहरहरूमा राेड साे कार्यक्रमहरु संचालन भइरहेका छन् । प्रदेश सरकारकाे पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयकाे अगुवाइमा सुरु भएका यस्ता कार्यक्रमहरूकाे माध्यमबाट देशभरिका नागरिकलाई काेशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन प्रयास गरिएकाे छ । 

राेड साे कार्यक्रमहरूमा काेशी टप्पु वन्यजन्तु आरक्ष, धरानकाे विजयपुर, ताप्लेजुङकाे पाथीभरा मन्दिर, इलामकाे चिया बगान, बिराटनगरकाे ऐतिहासिक स्थल, सँखुवासभाका पर्यटकीय स्थल, तेर्हथुमका पर्यटकीय स्थल लगायत थुप्रै पर्यटकीय क्षेत्रहरूकाे प्रचार गरिएकाे छ । कार्यक्रममा स्थानीय संस्कृति, रहनसहन, र काेशी प्रदेशकाे मौलिक परिकारहरूलाई समेत विशेष प्राथमिकता दिइएकाे काेशी प्रदेश पर्यटन बर्ष मुल आयाेजक समितिका सदस्य एबम पर्यटनकर्मी बासुदेब बरालले बताए । 

पर्यटन प्रबर्धन कार्यक्रम अन्तर्गत हालसम्म काठमाडौंका ३ स्थानमा र पोखराका २ स्थानमा राेड साे सम्पन्न भएकाे छ । राेड साे अब चितवन, हेटाैडा र जनकपुरमा आयाेजना गरिने काेशी प्रदेश पर्यटन बर्ष २०८२ मुल आयाेजक समितिका सदस्य राजन दँगालले जानकारी दिए ।  कार्यक्रममा पर्यटकीय स्थलहरुकाे भिडियो प्रदर्शन, स्थानिय कला संस्कृति प्रस्तुतिकरण र काेशी प्रदेश भ्रमणका लागि निम्ताे समेत दिईएकाे दँगालले बताए । 
काेशी प्रदेशकाे पर्यटन मन्त्री षडानन्द मण्डलका अनुसार यस्ता राेड साे कार्यक्रमहरूले देशभर काेशी प्रदेशका पर्यटकीय सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएकाे छ । उनले भने, "काेशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध छ, हामी देशैभर र अन्तर्राष्ट्रियस्तरमा यसको प्रचार-प्रसार गर्ने अभियानमा छाैं ।"
स्थानीय व्यवसायीहरू र पर्यटन व्यवसायमा संलग्न पक्षहरूले समेत यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गरेका छन् ।