शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

काठमाडौं- आरजी क्रिएसन्स नेपाल हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा चिरपरिचित नाम हो । क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा ‘लिंक वल्र्ड टेक’ नाम गरेको कम्पनी रहेको छ ।

आरजी क्रिएसन्सले विगत १५ वर्षदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहर र विदेशमासमेत होटल, इभेन्ट भेन्यू, नाइट क्लब, डिस्को थेक, क्यासिनो, ब्यांक्वेट, लाउञ्ज, क्याफे, बार, पब लगायत हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित प्रडक्टको कन्सेप्ट डिजाइन, कन्स्ट्रक्सन र सञ्चालन गरी आफ्नो छुट्टै मापदण्ड स्थापित गरिसकेको छ । 

आरजी क्रियसन्सले लगानीकर्ताको बजेट र सोच अनुसार कमभन्दा कम लागतमा उत्कृष्ट प्रडक्ट डिजाइन एवं निर्माण गर्दै आइरहेको छ । ‘हामी नाइट क्लब तथा इभेन्ट भेन्यू निर्माण गर्दा त्यसको लागत कम गर्न,  त्यसलाई सुरक्षित बनाउन र कसरी भव्य एवं आकर्षक देखाउने भनेर विशेष ध्यान दिन्छौँ, कम्पनीका कार्यकारी अध्यक्ष राम गिरी भन्छन्, ‘नाइट क्लब तथा इभेन्ट भेन्यूहरूमा विश्वमा चलेका नयाँ ट्रेण्ड र फिचरलाई कस्टमाइज गरेर लागू गर्ने गरिएको छ ।’ 

कम्पनीले लगानीकर्ताको आवश्यकता अनुसार प्रोजेक्ट छनोटदेखि त्यसको कन्सेप्ट, डिजाइन, निर्माण र सञ्चालनसम्मको सम्पूर्ण सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

आरजी क्रिएसन्सले निर्माण गरेका प्रोजेक्टहरूमा नयाँ जेनेरेसनको सोच र उनीहरूको मनोविज्ञानलाई बोध गरेर तथा लगानीकर्ताको बजेटलाई मिल्ने गरी विभिन्न सुविधा तथा फिचरहरूलाई कुशलता पूर्वक अप्लाई गर्ने गरिएको पाइन्छ ।

आरजी क्रियसन्सले डिजाइन तथा निर्माण गरेका प्रोजेक्ट अन्य भन्दा भिन्न र विशिष्ट देखिन्छन् । ‘हामी सुन्दर डिजाइनमा त्यसको भव्यतालाई कसरी प्रस्तुत गर्न सकिन्छ भनेर गहन अनुसन्धान गर्छौँ, कार्यकारी अध्यक्ष गिरी भन्छन्, ‘हामीले प्रयोग गर्ने सामग्री, कन्सेप्ट र डिजाइन अनुसार कस्टमाइज गरिने भएकाले हाम्रा प्रडक्टहरूमा भव्यता झल्किन्छ । सकेसम्म अन्यले प्रयोग नगरेका सामग्रीहरूको खोजी गरी प्रयोग गर्ने गरिएको छ ।’  

हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट आउटलेटहरू निर्माण गरेर पर्यटन क्षेत्रमा योगदान दिने तथा देश विकासमा आफ्नोतर्फबाट केही योगदान गर्नु कम्पनीको उद्देश्य रहेको कार्यकारी अध्यक्ष गिरी बताउँछन् । नयाँ कन्सेप्ट र डिजाइनका प्लेटफर्महरू निर्माण गरेर देशको आर्थिक विकासमा टेवा पु¥याउने र रोजगारी सिर्जना गर्ने उद्देश्य आरजी क्रियसन्सले लिएको छ । 

आरजी क्रियसन्सका कार्यकारी अध्यक्ष गिरी हस्पिटालिटी तथा कन्स्ट्रक्सनको क्षेत्रमा २० वर्षभन्दा लामो समयदेखि क्रियाशील छन् । उनले २० वर्षदेखि हासिल गरेको अनुभवलाई अहिले विभिन्न प्रडक्टहरूमा लागू गरिरहेका छन् । 

स्ट्रक्चर, इन्टेरियर, आर्टिटेक्ट, लाइट, साउण्ड, कलरिस्ट, निर्माणमा प्रयोग गरिने सामग्रीको गुणस्तर आदि हेर्नका लागि आरजी क्रियसन्समा विषय विज्ञ छुट्टा छुट्टै इन्जिनियरहरू कार्यरत छन् । 

दक्ष इन्जिनियरहरूलाई अध्यक्ष गिरी आफ्नो ‘कन्सेप्ट’ र प्रोजेक्टका लागि आवश्यक पर्ने ‘कन्टेन्ट क्रियट’ गरेर दिने गर्छन् । ‘कुनै पनि भेन्यूको भव्यता त्यसमा के कस्ता नयाँ कन्सेप्ट र कन्टेन्ट एड गर्न सकियो भन्नेमा निर्भर गर्छ अध्यक्ष गिरी भन्छन्, ‘प्रोजेक्टका लागि जति युनिक कन्टेन्ट क्रियट गर्न सकियो त्यो त्यति नै भव्य, अकर्षक र सफल हुन्छ  ।’ कम्पनीमा कार्यरत इन्जिनियर तथा कर्मचारीहरूलाई विदेशमा पठाएर तालिम लिने व्यवस्था गरिएको गिरीले बताए । 

कम्पनीले लगानीकर्ताको बजेट र निर्माण स्थलको भू–वनोट अनुसार आवश्यक पर्ने सामग्री जुन स्वदेशमा उपलब्ध हुन्छ ति काराखानाबाट सिधै खरिद गर्ने गरेको छ । साथै नेपालमा उपलब्ध नहुने सामग्री विदेशबाट कस्टमाइज गरेर सिधै आफूले आयत गर्ने भएकाले निर्माण लागत कम पर्ने  गरेको छ । 

काठमाडौंको लाजिम्पाटमा तीन रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको नाइट क्लब लिजेण्ड नेपाल सञ्चालनको तयारी गरिरहेका रमेश कार्की लण्डनमा उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका युवा उद्यमी हुन् । उनले बेलायतमा रहँदा थुप्रै क्लब, पब, डिस्कोथेकको अनुभव लिन पाए । उनले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको नाइट क्लब सञ्चालन गर्ने सोच बनाएर थुप्रै विदेशी कन्सलट्यान्टसँग सम्पर्क र छलफल गरेका थिए । ‘मैले धेरै विदेशी कम्पनी र नाइट क्लबका क्षेत्रमा कार्यरतहरूसँग कुराकानी गरेँ, कार्की भन्छन्, ‘तर उनीहरूको प्रस्ताव र कन्सेप्ट चित्त बुझेन ।’ 

नेपालमै कन्सलट्यान्ट खोज्ने क्रममा कार्कीले आरजी क्रियसन्ससँग सम्पर्क भएको बताए । ‘आरजी क्रियसन्सले मलाई जुन डिजाइन र कन्सेप्ट दियो त्यो निकै उत्कृष्ट लागेर लिजेण्ड नेपालको निर्माणको जिम्मा दिएको हुँ,’ कार्की बताउँछन् । 

अन्तर्राष्ट्रिय स्तरका सबै मापदण्ड पूरा गरेर निर्माण भइरहेको नाइट क्लब लिजेण्ड नेपाल आरजी क्रिएसन्सका लागि अर्को बेञ्चमार्क हुने अध्यक्ष गिरी बताउँछन् । 

‘क्लबको साउण्ड सिस्टम र साउण्ड प्रुफका लागि मात्रै करिब सय थरिका सामग्री प्रयोग हुन्छन्’, कार्यकारी अध्यक्ष गिरी भन्छन्, ‘नाइट क्लबको भव्यता र विश्वमा प्रयोग भइरहेका नविनतम प्रविधि लिजेण्ड नेपालमा देख्न पाइने छ ।’ लिजेण्ड नेपालमा साउण्ड सिस्टम, लाइट, एलइडी स्क्रिन, हाइड्रोलिक मेसिन लगायत तीन सयभन्दा बढी अत्याधुनिक सामग्रीहरू प्रयोग हुनेछन् । 

आरजी क्रिएसन्सका निर्देशक सुमित्रा पौडेल उप्रेती कम्पनीले निर्माण गर्ने प्रजेक्टहरूबाट नाफा आर्जन गर्नेभन्दा पनि लगानीकर्तालाई कसरी सुलभ खर्चमा उत्कृष्ट प्रोजेक्ट दिन सकिन्छ भनेर कार्य गरिरहेको बताउँछिन् । 

‘आरजी क्रिएसन्सले निर्माण सम्पन्न गररे हस्तान्तरण गरेका प्रेजेक्टका लागनीकर्ताहरू खुशी भएको र उहाँहरूले सोचेभन्दा उत्कृष्ट प्रोजेक्ट पाएर कम्पनीप्रति आभार प्रकट गर्ने गरेको उल्लेख गर्दै निर्देशक उप्रेतीले भनिन्, ‘भविष्यमा अझै उत्कृष्ट र भव्य प्रेजेक्ट निर्माणमा कम्पनी दत्तचित्त भएर लागिपरेको छ ।’ 

कम्पनीले काठमाडौं उपत्यकामा रामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्षबाटिक, ताज रिसेप्सन, ताज प्यालेस, बौद्ध हेरिटेज, इम्पेरियल ब्यांक्वेट, रोयल इम्पायर बुटिक होटल लगायत दर्जनौँ इभेन्ट भेन्यू निर्माण सम्पन्न गरी लगानीकर्ताहरूलाई हस्तान्तरण गरिसकेको छ । आरजी क्रिएसन्सले धरान, इटहरी, पोखरा लगायत देशभरी एवं विदेशमा पनि हस्टिटालिटी क्षेत्रसँग सम्बन्धित प्रोजेक्टहरू निर्माण गरिरहेको छ । 

यसैगरी आरजी क्रिएसन्सले रात्रिकालिन व्यवसायतर्फ यसअघि काठमाडौंको दरबारमार्गस्थित प्रख्यात डेजाभु डिस्को थेक, भिक्ट्री लाउञ्ज एवं ठमेलमा फूल मुन क्याफे, फेसेस लाउञ्ज, रकर्स म्याजिक जस्ता चर्चित आउटलेटको निर्माण सम्पन्न गरिसकेको छ ।