शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

टोकियो- टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर गरेका बिक्रीले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार, मे महिनामा कुल आठ लाख ९८ हजार ७२१ सवारीसाधन बिक्री भएको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले वृद्धि भएको हो । यो संख्या मे महिनाकै अहिलेसम्मको सबैभन्दा उच्च बिक्री हो । 

यस्तो वृद्धि अमेरिका, चीन र जापानमा हाइब्रिड गाडीप्रतिको बढ्दो मागका कारण भएको जनाइएको छ । विशेषगरी, संयुक्त राज्य अमेरिकामा बिक्री १०.९ प्रतिशतले वृद्धि दुई ४० हजार १७६ युनिट पुगेको छ भने चीनमा ६.८ प्रतिशतले बढेर एक लाख ४९ हजार ८८७ युनिट पुगेको छ ।

त्यस्तै, जापानमा पनि बिक्री ४.४ प्रतिशतले वृद्धि भई एक लाख छ हजार ५८६ युनिट पुगेको छ, जसमा गत वर्ष देखिएको प्रमाणीकरणसम्बन्धी समस्याबाट आएको सुधारले सकारात्मक भूमिका खेलेको विश्वास गरिएको छ ।

यद्यपि बिक्रीमा उल्लेखनीय वृद्धि भएको भए पनि, कम्पनीले उत्पादन पक्षमा भने सानो गिरावट आएको जानकारी दिएको छ । २०२५ मे महिनामा टोयोटाको विश्वव्यापी उत्पादन ०.७ प्रतिशतले घटेर आठ लाख छ हजार ६७७ युनिटमा झरेको छ, जुन पछिल्ला पाँच महिनामा पहिलो गिरावट हो।

जापानमा काम गर्ने दिन घटेका कारण यस्तो असर परेको बताइएको छ । त्यसैगरी, अमेरिकामा उत्पादन १.८ प्रतिशतले घटेर एक लाख २० हजार ५३९ युनिटमा पुगेको छ भने जापानमै घरेलु उत्पादन ५.४ प्रतिशतले घटेर दुई ४१ हजार ५७० युनिटमा पुगेको छ । कम्पनीले भविष्यमा उत्पादन र बिक्री दुवैमा स्थायित्व र सुधार ल्याउने प्रयास जारी रहने स्पष्ट पारेको छ । (सिन्ह्वा) 

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज…

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

डोङफेङ नामीद्वारा नेपालका लागि ‘फाइभ स्टार अफर’को घोषणा

डोङफेङ नामीद्वारा नेपालका लागि ‘फाइभ स्टार अफर’को घोषणा

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

एमजी मोटर्स नेपालले ग्राहकहरूलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

एमजी मोटर्स नेपालले ग्राहकहरूलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम

सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त

सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त