कांग्रेसले १९ आना थप जग्गा र घर खरिद गर्ने सम्झौता

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाइने भएको छ । यसका लागि कार्यालयभन्दा अगाडि रहेको १९ आना जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
ललितपुर निवासी अमिरमान अमात्यका नाममा रहेको सो जग्गा र घर कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्नेगरी यही असार ११ गते सम्झौता भएको थियोे । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गाधनीसँग एक वर्षभित्र पास गर्नेगरी रु ५० लाख बैनासहित सम्झौता भएको पार्टी कार्यालयले जनाएको छ । निर्धारित रु १३ करोड पार्टीको विभिन्न तहको लेबी एवं शुभेच्छुकहरूको सहयोगमार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिनेछ ।

कार्बन उत्सर्जन शून्यमा पुर्याउन ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

देशभर मनसुनी वायुको प्रभाव

रास्वपा मुकुल विवादमा १७ गते दुवै पक्षलाई बोलाउन सर्वोच्च अदालतको आदेश

लागू औषध नियन्त्रण विभाग स्थापना गर्छौँ : गृहमन्त्री लेखक

फाप्लु विमानस्थलमा १७ दिनपछि उडान

आजको मौसम : यी चार प्रदेशमा धेरै भारी वर्षा, तराईमा हावाहुरी

प्रतिक्रिया