बाढी घरमा पस्दा बलामी बेपत्ता

त्रिशूली (नुवाकोट)- अबिरल वर्षासँगै आएको बाढीले ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा एक महिला बेपत्ता भएकी छन् ।
बिमचा खोल्सी (कोल्पु खोला)मा आज विहान आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
उनको अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उहाँको खोजी भइरहेको जनाइएको छ । बाढीका कारका श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको र उपचारका लागि काठमाडौँ पठाइएको छ ।
बाढीले थप तीन वटा गोठमा पनि क्षति पुर्याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए । बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको जनाइएको छ ।

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

चितवनमा ग्यास बुलेट र ट्रक ठोक्कियो

बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु
‘प्यारोल’बाट ३७ कैदी छुटे

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

धुलिखेल–खावा सडक स्तरोन्नतिको काम समयमै नहुँदा यात्रुलाई सास्ती

तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम

प्रतिक्रिया