नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौँ- नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहलाई एक कार्यक्रमको बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराए ।
कम्पनीको असार ५ गते भएको ३७ औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको पूर्नगठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुर्ननिर्वाचित भएकी हुन् ।
अध्यक्ष ओझाले कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे । सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फबाट आभार एवं धन्यवाद ज्ञापन गरिन् ।
उक्त समारोहमा नेपाल बीमा प्राधिकरणबाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो ।

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

प्रतिक्रिया