शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं-  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा रूकुमको पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-११ बस्ने  ४० वर्षीय जगदिश महर, नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने ३७ वर्षीय डिल बहादुर आले मगर र सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन्। 

पक्राउ परेकामध्ये जगदिशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख रुपैयाँ, डिल बहादुरले सर्बिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५ लाख १० हजार रुपैयाँ र प्रेम कुमारले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएका थिए।