शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

डोङफेङ नामीद्वारा नेपालका लागि ‘फाइभ स्टार अफर’को घोषणा

नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले ‘नामी फाइभ स्टार अफर’ सार्वजनिक गरेको छ। यो विशेष र सीमित अवधिको अफर नेपालभरका सबै नामी शोरूमहरूमा उपलब्ध हुनेछ।

यस अफरमार्फत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरू पाउनेछन्, जसले उनीहरूको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउनेछ।

नामी फाइभ स्टार अफरले ग्राहकहरूलाई आकर्षित गर्ने पाँचवटा विशेष सुविधाहरू प्रदान गर्दछ। यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, 7kW + 3.5kW चार्जर, अटो प्लस बीमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिजहरू प्राप्त गर्नेछन्।

विद्युतीय सवारीप्रतिको रुचि बढ्दो क्रममा रहेको वर्तमान परिवेशमा नामी इभी स्मार्ट सहरियाहरूका लागि सुलभ र आधुनिक विकल्प बन्न पुगेको छ। यी पाँच लाभहरूका कारण नामी खरिद गर्नु अहिलेसम्मकै बुद्धिमानी र लाभदायक निर्णय बन्ने पक्का छ।

बढ्दो विद्युतीय सवारी बजारमा नामी लोकप्रिय छनोट बनेको छ। बेस्ट-इन-क्लास फिचरहरू, इम्प्रेसिभ ड्राइभिङ रेञ्ज र स्मार्ट मूल्यका कारण यो धेरै ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको हो। सुपथ मूल्यमा लक्जरी, आधुनिक डिजाइन र प्रविधिको सुन्दर संयोजन पस्कन सक्ने क्षमताले नामीलाई विद्युतीय सवारी चाहनेहरूको नजरमा झनै विश्वसनीय बनाएको छ।

यी सीमित अवधिका अफरहरूको फाइदा लिन र झन्झटरहित तरिकाले आफ्नो सवारी अपग्रेड गर्नका लागि ग्राहकहरूलाई आफू नजिकको डोङफेङ शोरूममा चाँडोभन्दा चाँडो पुग्न प्रोत्साहन गरिन्छ।

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

एमजी मोटर्स नेपालले ग्राहकहरूलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

एमजी मोटर्स नेपालले ग्राहकहरूलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम

सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त

सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो …

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्…

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा, कालोपुलमा खुल्यो अटो पार्लर

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा, कालोपुलमा खुल्यो अटो प…