शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गरेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधवार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दामा न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

खोटाङ घर भई हाल भक्तपुर बस्दै आएकी बस्नेतलाई गत असार १ मा पक्राउ गरेर गृह मन्त्रालयको पत्र अनुसार प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले बुधबार मुद्दा दायर गरेको थियो ।