राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । त्यसअघि उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुको उठाएको प्रश्नको जवाफ दिदैँ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमुखी र सन्तुलित रहेको बताए । उनले बजेट यथार्थपरक र बजेटका अनुमानले नतिजाप्राप्त हुनसकोस भनेर मन्त्रालयले ध्यान दिएको उल्लेख गरे ।
उपप्रधानमन्त्री पौडेलले न्यायपूर्ण विनियोजनका पक्षमा रहेर बजेट आएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “यो बजेट कार्यान्वयन हुने आधारसहित आएको छ । बजेटको आकार निर्माण गर्दा स्रोत व्यवस्थापनलाई व्यवहारिक रुपमा संयमित र सन्तुलित बनाइएको छ, बजेट निर्माणमा अनुशासन पालना गरिएको छ ।”
उपप्रधानमन्त्री पौडेलले बजेट कार्यान्वयन अर्थ मन्त्रालयको मात्र नभई समग्र मन्त्रालयको साझा जिम्मेवारी रहेको भन्दै सबैले जिम्मेवारीपूर्वक बजेट कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा राष्ट्रियसभा सदस्यहरु उर्मिला अर्याल, पदमबहादुर परियार, गोपाल भट्टराई, शेखरकुमार सिंह, भुवनबहादुर सुनार, तुलसा दहाल, गोपीबहादुर सार्की अछामी र सुमित्रा बिसीले धारणा व्यक्त गर्नुभएको थिए ।
सभाको अर्को बैठक यही असार १५ गते आइतबार अपरान्ह १२ बजेर १५ मिनेटमा बस्नेछ ।

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले तयारी गर्नू : सभापति थापा

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

संसदीय समितिबाट पारित भएका विधेयकमाथि छेडखानी नगर्न प्रचण्डको चेतावनी

धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री

प्रतिक्रिया