सरकार बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध छः मन्त्री पाण्डे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले सम्पूर्ण मातृभाषाहरू राष्ट्रभाषा भएकाले बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
भाषा आयोगले भाषाको संरक्षण, अध्ययन, अनुसन्धान तथा विकास कार्य गर्दै आएको उनले जानकारी दिए । हालसम्म १२४ वटा भाषा पहिचान भइसकेको भन्दै उनले ९३ वटा भाषा आदिवासी समुदायसँग सम्बन्धित रहेको बताए । ती भाषाहरूको संरक्षण, अभिलेखीकरण र प्रयोग प्रवद्र्धनमा सरकार निरन्तर लागि परेको मन्त्री पाण्डेले बताए ।
मन्त्री पाण्डेले विविध भाषाभाषी समुदायको मौलिक अधिकार संरक्षण गर्नु नै सशक्त सामाजिक समावेशिता र पहिचानको आधार भएको स्पष्ट पारे । त्यस्तै उनले कैलाली जिल्लास्थित ऐतिहासिक गर्भा दरबारको संरक्षणमा सरकार गम्भीर रहेको र देशको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान प्रवद्र्धनप्रति प्रतिवद्ध रहेको बताए ।

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

नेपाली गीत सङ्गीत विश्वभर गुञ्जिन थालेको छ: मन्त्री पाण्डे

विपद्मा भनसुनका आधारमा सवारी साधन चलाउन दिए कारवाही हुन्छः गृहमन्त्री लेखक

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

नाटक, गीत र सङ्गीतले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँछः राष्ट्रपति पौडेल

प्रतिक्रिया