उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

यहाँका आठ पालिकामध्ये चार नगरपालिका र चार गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु छ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका छन् ।
सोमबार जिल्लाका आठ वटा नै पालिकाले आव २०८२/८३ का लागि रु छ अर्ब ६१ करोड ८४ लाख ६४ हजार ४०० बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका हुन् । जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै बजेट जिल्लाको त्रियुगा नगरपालिकाले ल्याएको छ भने थोरै बजेट ताप्ली गाउँपालिकाले ल्याएको छ । त्रियुगा नगरपालिकाले रु एक अर्ब ५३ करोड ३४ लाख ५१ हजार बराबरको बजेट ल्याएको छ ।
यस्तै, चौदण्डीगढी नगरपालिकाले रु एक अर्ब १३ करोड ३५ लाख ४१ हजार बराबरको बजेट ल्याएको जनाइएको छ ।
कटारी नगरपालिकाले रु ८७ करोड ६५ लाख तीन हजार ४०० बराबरको बजेट ल्याएको छ भने बेलका नगरपालिकाले रु ७७ करोड २६ लाख ४१ हजार बराबरको बजेट ल्याएको छ ।
चार गाउँपालिकामा उदयपुरगढी गाउँपालिकाले रु ६८ करोड ४० लाख पाँच हजार बराबरको बजेट ल्याएको छ भने रौतामाई गाउँपालिकाले रु ६६ करोड ९९ लाख ६१ हजारको बजेट ल्याएको सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।
यस्तै लिम्चुङबुङ गाउँपालिकाले रु ४३ करोड १० लाख आठ हजार बराबरको बजेट ल्याएको छ भने ताप्ली गाउँपालिकाले रु ४१ करोड ७३ लाख ५५ हजार बराबरको बजेट ल्याएको जनाइएको छ ।
कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा तथा आन्तरिक पर्यटन र स्थानीय युवाका लागि स्वरोजगारसहितको बजेट ल्याएको त्रियुगाका नगर प्रमुख वसन्तकुमार बस्नेत र बेलकाका प्रमुख अशोक कार्कीले बताए ।
जिल्लाका पहाडी क्षेत्रका गाउँपालिकामा भौतिक पूर्वाधार र कृषिलाई बढी जोड दिनेगरी बजेट ल्याइएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताए । रासस

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

प्रतिक्रिया