प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

काठमाडौँ- प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो ।
त्यस्तै उहाँले नै प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले सर्वसम्मत स्वीकृत गरेको छ । उपप्रधानमन्त्री पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावहरूमाथिको छलफलमा यस अघि सांसदहरू अमनलाल मोदी, भगवती चौधरी, राजेन्द्र केसीले भाग लिई आफ्ना धारणा राख्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असार १४ गते बिहान ११ बजे बस्नेछ ।

धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री

भूउपयोग योजनाको तयारी र प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य भ…

खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

विनियोजन विधेयक २०८२ पारित

प्रतिनिधि सभाबाट बजेट पारित

जनताको बलिदान र विद्यमान व्यवस्थाप्रति अपमान भएमा सह्यय हुन्नः प्रधानमन्त्री ओली

‘अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत’

प्रतिक्रिया