शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

भारतले १५० आइसीयू बेड सहयोग गर्ने

काठमाडौँ – भारत सरकारले नेपाललाई कोभिड–१९ उपचारका लागि स्वास्थ्य पूर्वाधार सशक्तीकरणमा सहयोग गर्दै १५० आइसीयू बेड अनुदानमा सहयोग दिने भएको छ । 

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानुनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । भारतले अनुदानमा नेपाललाई ११ लाख खोप उपलब्ध गराएको छ । १० लाख नेपाल सरकार र एक लाख कोभिशील्ड खोप नेपाली सेनालाई भारत सरकारबाट अनुदानमा उपलब्ध गराइएको थियो ।