जनताको बलिदान र विद्यमान व्यवस्थाप्रति अपमान भएमा सह्यय हुन्नः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सैह्य नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूमाथि गरिएको गाली र अपमान सहे पनि सहिद, जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सैह्य नहुने स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्री ओलीले संसद जनताको बलिदान र संघर्ष र सपनालाई साकार पार्ने थलो भएकाले सदनमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्का फुल्का टिप्पणी नगर्न आग्रह गर्नुभयो । संसद् जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन नसक्ने उनले बताए । प्रधानमन्त्री ओलीले प्रणाली र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्ध, नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्ने सवालमा सरकार अघि बढेको धारणा राखे ।
उनले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्ति बीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगका योजना बैँकको व्यवस्था गरी रु तीन करोडभन्दा कमका आयोजना नराखिएको नीति तर्जुमा गरिएको जनाउँदै आगामी वर्षमा यसको प्रभावकारी कार्यान्वयनका लागि जोड दिइने बताए ।
उनले राज्यका सबै निकायहरुलाई विकास निर्माण र सुशासनका लागि प्रभावकारी रुपमा काम गरेर जनअपेक्षा अनुरुप सम्मुनतिको मार्गमा अघि बढाउन सरकार प्रयासरत रहेको धारणा राखे । सरकारलाई कसैका विरुद्ध कुनै खेल खेल्ने फुर्सद नभएकाले खेल खेल्यो भन्ने खालका प्रचार नगर्न समेत उनले आग्रह गरे ।

धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री

भूउपयोग योजनाको तयारी र प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य भ…

खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

विनियोजन विधेयक २०८२ पारित

प्रतिनिधि सभाबाट बजेट पारित

‘अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत’

प्रतिक्रिया